पूर्व डीआईजी छविलाल जोशी पक्राउ

आइतबार, ०६ असोज २०८१, १७ : ५२

काठमाडौँ - सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । 

उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।  प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीवी० राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।

आइतबार, ०६ असोज २०८१, १७ : ५२

प्रतिक्रिया