काठमाडौँ जिल्ला अदालतमा दुर्गा प्रसाईंलाई पेस

आइतबार, ०६ असोज २०८१, १८ : २६

काठमाडौँ - दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो ।

त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो । प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
 

आइतबार, ०६ असोज २०८१, १८ : २६

प्रतिक्रिया