छविको गिरफ्तारीपछि आत्तिए रवी

सोमबार, ०७ असोज २०८१, ०९ : ४८

काठमाडौं – संसदस्य छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन दिए लगत्तै पूवै डिआइजी छविलाल जोशी पक्राउ परे । उनी पक्राउ परेपछि आफ्नो पालो आउने भयो भनेर रवी लामिछानेको छट्पटी बढ्यो । उनले वनस्थली स्थित रास्वपाको बेन्द्रीय कायोलयमा तत्काल भेला भएर शक्ति प्रदर्शन गर्न निर्देशन दिए । त्यतिले मात्र नपुगेर उनले १० दिने भ्रमणमा शनिवार राति चीन गएको रास्वपाको टोलीलाई बाटोबाटै फर्कन आदेश दिए । उक्त टोली आजै स्वदेश फर्कदैछ । 
सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा भएको अपचलनमा गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई,प्रबन्ध निर्देशक रवि लामिछाने, उपाध्यक्ष छविलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ । सोहीबमोजिम पूर्व डिआइजी छविलाल जोशीलाई आज पक्राउ गरी पोखरा लगिएको छ । 

 आफ्ना नेता पक्राउ पर्ने डरले नेता तथा कार्यकर्ता साँझदेखि वनस्थलीस्थित पार्टी कार्यालय बाहिर नाराबाजी गरिरहेका छन् । लामिछाने भने बेचैनीपूर्वक पार्टी कार्यालयबाट निरन्तर बाहिर अरु दलका नेतालाई फोनमा हारगुहार गरिरहेको बुझिएको छ । 

 

सोमबार, ०७ असोज २०८१, ०९ : ४८

प्रतिक्रिया