काठमाडौं – प्रधानमन्त्री केपी ओलीको अमेरिकामा रहेका नेपाली समुदायसँग राखिएको भेटघाट कार्यक्रम सुरक्षाको कारण जनाउँदै रद्द गरिएको छ ।
नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले एक विज्ञप्ति प्रकाशित गरी नेपालीहरुसँगको उक्त भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय परराष्ट्रमन्त्री अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’
नेपालमा रवि लामिछाने पक्राउ पर्ने संभावना भएपछि प्रधानमन्त्रीमाथि लामिछाने समर्थकहरुले जुत्ता र बोटलहरु फ्याँक्दै नाराबाजी गर्ने योजना बुनेको अमेरिकी सुरक्षा निकायलाई प्राप्त जानकारी महावाणिज्यदूतावासलाई उपलब्ध गराइएको थियो । त्यसलगत्तै उक्त कार्यक्रम रद्द गरिएको बताइन्छ ।

प्रतिक्रिया