मुक्तिनाथ कृषि कम्पनी र आकास टेकबीच सम्झौता

सोमबार, ०७ असोज २०८१, १२ : ४३

काठमाडौँ - मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रा.लि.सँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। 

यस सम्झौताले कम्पनीको ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई थप प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ। सम्झौतापछि ग्राहकहरूसँगको संवादलाई डिजिटल माध्यमबाट छिटो, सहज र विश्वसनीय बनाउन मद्दत पुग्नेछ। मुक्तिनाथ कृषि कम्पनीले यसलाई ग्राहकहरूसँगको सम्बन्ध सुधार्न र उनीहरूको आवश्यकताहरू तत्काल सम्बोधन गर्न उपयोगी कदमको रूपमा लिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा उपस्थित दुबै पक्षले भविष्यमा अझ प्रविधिमैत्री र सेवा केन्द्रित रणनीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 

सोमबार, ०७ असोज २०८१, १२ : ४३

प्रतिक्रिया