काठमाडौं – जुवा खेलिरहेको ठाउँबाट विभिन्न देशका नागरिकहरु १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तिनचुलीमा जुवा खेलाउने मुख्य चाइनिज नागरिकसहित ७ जना रहेका छन् ।
अन्य पक्राउ पर्नेमा चीनको आम्दो घर भई बौद्ध बस्दै आएका २४ वर्षीया सोनाम तामाङ, भारत घर भई बौद्ध बस्ने जाम्पा खेदुप, चीन घर भई काठमाडौं महानगरपालिका– ६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीन घर भई बौद्ध बस्ने २७ को दासाङ, चीन घर भई काठमाडौं महानगरपालिका(२७ बस्ने ४५ वर्षीय चाइनिज नागरिक विई चुनलिन, बौद्ध बस्ने २८ को तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ३५ को लोप्साङ लामा रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
सूचनाको आधारमा गेम खेलिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयका एसपी काजी आचर्यले बताए।
जुवाखेलाइरहेको ठाउँबाट फिस सर्ट गेम खेल्ने उपकरण १ थान र १२ लाख एक हजार नगद बरामद गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया