काठमाडौं – सहकारी तथा बैंक पीडितहरुको पक्षमा सडक आन्दोलन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोले बयान लिने काम सुरु गरेको छ । प्रसाईंविरुद्ध उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले आइतबार बेलुकी उनकै निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ पछि जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।
प्रतिक्रिया