देशभर ११ हजार नाघ्यो डेंगु संक्रमितको संख्या

सोमबार, ०७ असोज २०८१, १५ : १९

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।

हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। अझै २०-२५ दिन डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 

डेंगुको संक्रमणदर केही दिन अझै यसरी नै बढ्दै जाँदा यस पटकको दशैँमा डेंगु संक्रमण भयावह रूपम फैलने सम्भावना देखिएको छ। जसले गर्दा लामो यात्रा गर्दा, घरगाउँ फर्कंदा लामखुट्टेको टोकाइबाट बँच्ने उपाय अपनाउन चिकित्सकहरूको सुझाव छ।

डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्। 
 

सोमबार, ०७ असोज २०८१, १५ : १९

प्रतिक्रिया