काठमाडौँ – रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार गरी २ दिनमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।
विभिन्न मुद्धामा फरार रहेका व्यक्तिहरूलाई खोज तलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दाखिला गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहट राजपुर–४ बस्ने वर्ष ३० का राम प्रवेश साह, राजपुर– ५ बस्ने वर्ष ३० का धर्वेन्द्र भगत माली, राजपुर–४ बस्ने वर्ष २१ का कमरे आलम, राजदेवी– ९ बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह, सोही स्थान बस्ने बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह रहेका छन् ।
त्यसैगरी रौतहटको गौरनगरपालिका–४ बस्ने वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ बस्ने वर्ष ४० का मोनोफ मिँया, यमुनामई गाउँपालिका २ बस्ने वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी, फतुवाबिजयपुर नगरपालिका ३ बस्ने वर्ष ३७ का पन्ना लाल साह, राजदेवी नगरपालिका–७ बस्ने वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादवलगायत पक्राउ परेका छन् ।
प्रतिक्रिया