दसैँमा १८ लाख मानिस बाहिरिने अनुमान

बुधबार, ०९ असोज २०८१, १० : २१

काठमाडौं – दशैंमा राजधानी प्रायः सुनसान देखिन्छ । दशै. नेपालहिरुको एक मात्र महान् चाड भएकोले विभिन्न पेसा व्यवसायमा रहेका मानिसहरु दशै.मा घर फर्किने भएकोले यस्तो अवस्था आएको बताइन्छ । यस वर्षको दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाख हाराहारीमा मानिस उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष १३ लाखले दसैँमा उपत्यका छाडेका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दसैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढीले उपत्यका छाड्ने अनुमान छ ।’

प्रवक्ता खड्काले चाडपर्वका वेला आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले उक्त विषयमा सरोकारवालासँग छलफल भइरहेको  बताए । प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारी साधन पनि सञ्चालन गर्नुलगायत कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

बुधबार, ०९ असोज २०८१, १० : २१

प्रतिक्रिया