प्रचण्ड सचिवालयको खण्डनमा मिश्रको विमति

बुधबार, ०९ असोज २०८१, १० : ४५

 
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रचण्ड सचिवालयको खण्डनप्रति भद्रतापूर्वक विमति राखेको बताएका छन् ।  
उनले प्रचण्ड सचिवालयको खण्डनलाई भद्रतापूर्वक विमति राखेको भन्दै आभार व्यक्त गरेका छन्।

मिश्रले आफ्नो फेसबुक वालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ र हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

उनी अगाडि भन्छनु ‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस - एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ’नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।

उनले दाहालको सचिवालयले गरेको खण्डन पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

mishra

बुधबार, ०९ असोज २०८१, १० : ४५

प्रतिक्रिया