सोल्टी होटलका स्वतन्त्र सञ्चालक जोशीको राजीनामा स्वीकृत

बुधबार, ०९ असोज २०८१, १२ : २९

काठमाडौँ - सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ ।

जोशी नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्त भएकाले कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका थिए । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । 

उनको राजीनामा भदौ २३ गते देखी लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
 

बुधबार, ०९ असोज २०८१, १२ : २९

प्रतिक्रिया