काठमाडौं – काभ्रे प्रहरीले विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । धुलिखेल अस्पतालमा (इन्टर्नशिप) गर्न आएका इटाली र जर्मनीका नागरिकको सामान लुटेको आरोपमा नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरू गएराति बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटिएका सामानसहित पक्राउ परेका र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया