काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कापी परीक्षणको पारिश्रमिक बढाउने तयारी गरेको छ । त्रिबिका शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा बसेको परीक्षा सुधार समितिको बैठकले पारिश्रमिक बढाउने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।
त्रिविमा हाल कापी परीक्षण गरेको ३५० रुपैयाँ पाउने गरेका छन् । समयानुसार पारिश्रमिक बढाउनुपर्ने अवस्था आएको भन्दै बढाउने विषयमा गृहकार्य गर्न लागेको हो
पारिश्रमिक थोरै भएर प्रश्नपत्र उत्तर पुस्तिका परीक्षणमा लापरबाही गरेकी भनेर पारिश्रमिक पुर्नमूल्यांकन गर्ने समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।
कापी परीक्षणको पारिश्रमिक कम हुँदा गम्भीर भएर परीक्षण नगरेको हुनसक्ने भन्दै त्रिविले पारिश्रमिक वृद्धिको गृहकार्य गर्न लागेको हो ।
प्रतिक्रिया