एमाले सांसदका छोराले ७ सय बचतकर्ताको बिचल्ली पारे

विहीबार, १० असोज २०८१, १० : १०

काठमाडौं - सहकारी ठगी प्रकरणमा नयाँ नयाँ पात्रहरु जोडिने क्रम जारी छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पनि सहकारी ठगीमा मुछिएका अर्का त्यस्तै पात्र मध्ये एक हुन ् ।
झापाको शिवसताक्षी नगरपालिका–३ मा खोलिएको उन्नति बचत तथा ऋण सहकारीको एक करोड ३९ लाख ७७० रुपैयाँ रकम अध्यक्ष सुमन र पदाधिकारीले अपचलन गरेको पाइएको हो ।

त्यसबाहेक २३ लाख २२ हजार ५९९ रुपैयाँ भने सहकारीको खातामा अहिले पनि बचत रहेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका उल्लेख छ । नगरपालिकाका कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा रहेको समितिको प्रतिवेदनअनुसार गाउँका नागरिकलाई पैसा जम्मा गर्न लगाएर अध्यक्ष सुमनले हिनामिना गरेको पाइएको हो ।

‘बचतकर्ताको खाताबाट निकालिएको रकम संस्थाको सम्पूर्ण कारोबारहरू सञ्चालन गर्ने संस्थाका अध्यक्षबाट पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । सांसदकै छोराले वडाका बचतकर्ताको बिचल्ली बनाएका हुन् । १५ सयदेखि पाँच लाखसम्म बचत गर्ने सात सय हाराहारी बचतकर्ताको रकम अपचलन भएको छानविनका क्रममा भेटिएको छ ।

विहीबार, १० असोज २०८१, १० : १०

प्रतिक्रिया