काठमाडौं - भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । यसैक्रममा पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालिएको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।
२०८० वैशाख २१ गते नै महानगरपालिकाले पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।
प्रतिक्रिया