बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसँग प्रधानमन्त्रीको भेट

विहीबार, १० असोज २०८१, १० : ५८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबिच न्युयोर्कमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका छन् । 

सो अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

विहीबार, १० असोज २०८१, १० : ५८

प्रतिक्रिया