आर्थिक न्यायको माग गर्दै  प्रदर्शन

विहीबार, १० असोज २०८१, ११ : ०५

काठमाडौं -  दलित नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

‘एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ ।

प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताए ।

विहीबार, १० असोज २०८१, ११ : ०५

प्रतिक्रिया