लगातार वर्षाले हवाई यातायात पनि प्रभावित

शुक्रबार, ११ असोज २०८१, १० : ०१


काठमाडौं - लगातार वर्षाले देशभरिको जनजीवन प्रभावित भएका समाचारहरु आइरहेका छन् । सडक अवरोध तथा बाढी पहिरोले आवागमनमा बाधा पपिररहेको बेला देशको हवाई यातायात पनि प्रभावित भएको छ । 

 हवाई कम्पनिहरुले खराब मौसम तथा कम भिजिबिलिटीका कारण आजका हवाई उडान प्रभावित भएको जनाएकाछन्।

पश्चिममा धनगढी, नेपालगन्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडान भने भइरहेका छन्।

पोखरा, सुर्खेत, भरतपुरलगायतका गन्तव्यमा उडान हुन सकेको छैन।

सबैभन्दा बढी उडान गर्ने बुद्ध एअरले बिहानैबाट उडान गर्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। 

प्रतिकूल मौसमकै कारण शुक्रबारका माउन्टेन फ्लाइट पनि रद्द भएका छन्।

शुक्रबार, ११ असोज २०८१, १० : ०१

प्रतिक्रिया