कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण

शुक्रबार, ११ असोज २०८१, १० : ५८

काठमाडौँ- ठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जान्छ । 

अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् । 

शुक्रबार, ११ असोज २०८१, १० : ५८

प्रतिक्रिया