एक वर्षमा सुरक्षित गर्भपतन गर्नेको संख्या एक लाखभन्दा बढी

शुक्रबार, ११ असोज २०८१, १६ : ५०

 काठमाडौँ- नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका हुन् । 

यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् । 

यसमध्ये २० वर्ष मुनिका २ हजार २७३ जना र २० वर्षमाथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको मन्त्रालयले जनाएको छ । 

शुक्रबार, ११ असोज २०८१, १६ : ५०

प्रतिक्रिया