बिपदको समयमा एकताबद्द भएर जुट्न पार्टी कार्यकर्तालाइ प्रचण्डको आग्रह

शुक्रबार, ११ असोज २०८१, २१ : २२

पुर्ब प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यो बिपदको  समयमा जुट्न आग्रह गरेका छन् ।

लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको छ।
 पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रचण्डले आग्रह गरेका छन् ।

उनले भने," राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण  नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु।,"
 

शुक्रबार, ११ असोज २०८१, २१ : २२

प्रतिक्रिया