ललितपुरमा बाढी र पहिरोका कारण ९ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १३ : २५

काठमाडौं- ललितपुरमा बाढी र पहिरोका कारण ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएको ११ जनाको अवस्था अज्ञात रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए । 

ललितपुरको नख्खु, नखिपोट, कसुन्ती र गोटीखेल क्षेत्रबाट २ सय ८३ जनालाई उद्धार गरिएको छ । उद्धारमा नेपाली सेनाको हेलिकप्टर पनि प्रयोग गरिएको एसएसपी खनालले जानकारी दिए । उनले भने, ‘हेलिप्कटरमार्फ दुईजनाको उद्धार गरिएको छ ।’ 

उद्धार कार्यमा ललितपुरमा ११ सय प्रहरी खटिएका छन् । थप मद्धत सहित ११ सय जनशक्ति परिचालन गरिएको एसएसपी खनालले जानकारी दिए । 

शनिबार, १२ असोज २०८१, १३ : २५

प्रतिक्रिया