बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १६ : १५

काठमाडौँ- देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

शनिबार, १२ असोज २०८१, १६ : १५

प्रतिक्रिया