काठमाडौँ - प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफलका लागि अध्यक्ष दाहालले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
प्रतिक्रिया