गोदावरीले घोषणा गर्यो २ लाख राहत

आइतबार, १३ असोज २०८१, ०८ : ४५

काठमाडौ - वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने गोदावरी नगरपालिकाले निर्णय गरेको छ ।
नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका हरेका परिवारलाई राहत स्वरूप दुई लाख दिने निर्णय गरेको हो ।  नगर प्रमुख गजेन्द्र महर्जनले मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपूर प्रयोग गरेको बताए ।

‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं, क्षति कम गर्न नगरपालिकासँगै धेरै सरकारी(गैरसरकारी निकायबाट सहयोग लियौं,’ नगरप्रमुख महर्जनले भने, ‘अथक प्रयासका बाबजुद पनि मानवीय क्षति रोक्न सकिएन ।’ उनले मान्छेको जीवनको अघि सहयोग गौण भए पनि परिवारजनलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

Godawari_Municipal
 

आइतबार, १३ असोज २०८१, ०८ : ४५

प्रतिक्रिया