लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन

आइतबार, १३ असोज २०८१, १० : १५

काठमाडौँ- गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । प्रालि अध्यक्ष खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक यात्रु तथा चालक र सहचालकसहित ४ जना थिए । बीच बाटोमा थप यात्रु चढेरनचढेको’ bout यकिन नरहेको उनको भनाइ थियो ।

आइतबार, १३ असोज २०८१, १० : १५

प्रतिक्रिया