झ्याप्ले खोला पहिरोमा पुरिएर ३५ जनाको मृत्यु

आइतबार, १३ असोज २०८१, १५ : ५०

काठमाडौँ - धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।

लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको छ । नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।
 

आइतबार, १३ असोज २०८१, १५ : ५०

प्रतिक्रिया