काठमाडौं- शुक्रबारदेखिको बाढी र पहिरोले काभ्रे जिल्लाको पनौति नगरपालिकामा ठूलो जनधनको क्षति पुगेको छ । अहिले सम्ममा कम्तीमा ६ जनाको मृत्यु भएको छ, भने १७ जना हराइरहेका छन् ।
अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि आउन नसकेको पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले बताएका छन् ।
मेयर भण्डारीका अनुसार ५०० घरधुरी तहसनहस भएको छ भने ७ वटा पक्की, १ झोलुंगे पुल बगाएको छ । त्यस्तै बाढी र पहिरोले ३ वटा स्वास्थ्य चौकि पुर्ण रुपले क्षति भएको छ भने काभ्रे एकिकृत खानेपानीको ३ किलोमिटर पाइपलाईन क्षतविक्षेद भएको छ । खानेपानीको आयोजनामा आएको क्षतिका कारण त्यहाँका वासिन्दालाई पानी र बसोबासको अभाव हुने देखिएको र त्यसको व्यवस्थापन गर्न नगरपालिका लागि परेको पनि मेयर भण्डारीले आजको अर्थसँग बताए।
उनका अनुसार, नगरपालिकाको धेरै क्षेत्रमा बिजुली र सञ्चार सम्पर्क विच्छेद भएको छ । ठाउँठाउँमा बिजुलीका पोलहरु ढलेका छन् ।
प्रतिक्रिया