अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

सोमबार, १४ असोज २०८१, ०७ : ५३

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । अमेरिका भ्रमण पूरा गरी उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यहि असोज ४ गते न्युयोर्क गएका थिए ।  त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका उनले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले विभिन्न देशका शीर्ष नेतृत्वहरुसँग् साइडलाइन वार्तासमेत गरेका थिए ।

सोमबार, १४ असोज २०८१, ०७ : ५३

प्रतिक्रिया