काठमाडौं- मधेस प्रदेश सरकारले राहत तथा पुनःस्थापना कार्यक्रमको लागि आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ।
सरकारले सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेश सरकारको आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
साथै मुख्यमन्त्रीले सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कङ्कालनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया