तत्काल ठूलो वर्षाको संभावना छैन

सोमबार, १४ असोज २०८१, ०९ : २२


काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि ठूलो वर्षा हुने सम्भावना नभएको जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिएकी छन् । ।

सोमबार, १४ असोज २०८१, ०९ : २२

प्रतिक्रिया