ललिता निवासको जग्गा बाँड्ने मुख्य दोषी दीप बस्न्यात

 काठमाडौं - चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बाँड्ने काममा विशेष अदालतले सचिव दीप बस्न्यातलाई मुख्य दोषी रहेको ठहर गरेको छ ।

विशेष अदालतमा सचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशन अनि मुख्यसचिव माधवप्रसाद घिमिरेको नेतृत्वमा सचिव बैठकको निर्णय बमोजिम आफूले प्रधानमन्त्री निवास विस्तार र त्यसक्रममा मोहीको विवरण सहित प्रस्ताव तयार गरेको भनी  बयान गरेका थिए ।

उक्त मुछामा ‘विशिष्ट व्यक्तिहरुको निवास परिसर विस्तार’ सम्बन्धी गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिएकोमा कानुन विपरीत हुने गरी सचिव बस्न्यातले सरकारी जग्गामा मोही कायम गरी जग्गा बाँडफाँटको प्रस्ताव लगेको’ विशेषको ठहर छ ।

विशेष अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ  ‘(प्रधानमन्त्रीले) प्रचलित कानून विपरीत हुने गरी सरकारी जग्गामा मोही कायम गरी जग्गा बाँडफाँट गर्न निर्देशन दिएको देखिँदैन’ ‘सचिव बस्न्यातले कानून विपरीत सरकारी जग्गामा मोही कायम हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको देखियो । उनको प्रस्तावमा गम्भीर त्रुटि र बदनियत देखिएकोले प्रधानमन्त्रीको सदासयताको लाभ कार्यान्वयनकर्ता (बस्न्यात) मा जान सक्दैन ।’

यस मुद्धामा विशेष अदालतले तत्कालिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सफाइ दिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया