सरकार उदासिन बनेकोमा बाबुरामको आपत्ति

सोमबार, १४ असोज २०८१, १० : २८

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा आपतकालीन अवस्थामा पनि सरकार जसरी क्रियशील हुनुपथ्र्यो त्यसो हुन नसकेकोमा आपत्ति व्यक्त गरेका छन् । उनले सरकारले मन्त्रीपरिषद्को बैठक बोलाउन नसकेकोमा आलोचना गरेका हुन् ।

उनले देशको कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश गएको बेला आपतकालीन अवस्था आइपरेमा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रीपरिषदको जरुरी बैठक राखेर आवश्यक निर्णय गर्नसक्ने परम्परा हुँदाहुँदै पनि वर्तमान सरकारले आवश्यक निर्णय गर्न नसकेकोमा आलोचना गरेका हुन्।

डा. भट्टराई आफ्नो सामाजिक सञ्जालमा लेख्छन, ‘२०६५ भदौमा तत्कालीन प्रम पुष्पकमल दाहाल प्रचण्ड बेइजिंग ओलम्पिक्समा भाग लिन चीन गएको वेला कोशी बाँध फुटेर भयंकर विपत्ति आएपछि कार्यवाहक प्रमको रूपमा मैले तुरून्तै बिषेश मन्त्रीपरिषद् बैठक राखेर  तत्कालीन उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अघि बढाएको मलाई सम्झना छ। राज्य जनताको निम्ति जनताले बनाएको हो, जनता राज्यको निम्ति राज्यले बनाएको हैन भन्ने हेक्का राखौं '।

सोमबार, १४ असोज २०८१, १० : २८

प्रतिक्रिया