काठमाडौं - अविरल वर्षापछि अस्तव्यस्त सडक यातायात अहिले पनि राम्रोसँग सुचारु हुन सकिरहेको छैन । यद्यपी सरकारले २/३ दिन पानी रोकिएमा सडक मर्मत गरी यातयात सुचारु गरिने बताएको छ । यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गर्दै वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायातका साधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
पानी पर्न रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम रहेकोले गन्तव्यसम्म पुग्ने बाटोको अवस्थाबारे जानकारी लिन उनको सुझाव छ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पहिले कै अवस्थामा सञ्चालन गर्ने वातावरण मिलाउन महासङ्घले सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया