नेपालको हवाई बीमामा भौगोलिक र संरचनागत जोखिम छः अध्यक्ष सिलवाल

सोमबार, १४ असोज २०८१, १४ : ०७

काठमाडौं - नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हवाई बीमामा बहुआयामिक हुने र नेपाल जस्तो देशमा भौगोलिक र संरचनागत जोखिम रहेको औल्याएका छन् ।

आज काठमाडौंमा आयोजित एक दिन एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । पत्रकारहरुलाई समावेश नगरिएको एक दिने हवाई जोखिम सम्बन्धी सम्मेलनमा हवाई क्षेत्रलाई अझै व्यवस्थित गर्न फ्रेमवर्क बनाएर अघि बढ्न आवश्यक रहेको औल्याए ।

अध्यक्ष सिलवालले अन्तर्राष्ट्रियस्तरको गाईडलाइन बनाएर सुरक्षाको प्रत्याभूति गर्न सकिने बताए । अध्यक्ष सिलवलालले विश्वव्यापी महामारी, साईबर थ्रेट, वातावरणीय प्रभाव, जल वायु परिवर्तन मुख्य चुनौति रहेको भन्दै जोखिमहरुमाथि गम्भिर छलफल हुने विश्वास व्यक्त गरेका छन् ।

एक दिने सम्मेलनमा हवाई सुरक्षा सम्बन्धी अबधारणागत रुपमा छलफल हुनेछ । सम्मेलनमा डा। नरेन्द्र नतेजाले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीहरुलाई सलिकोका सिईओ चंकी क्षेत्रीले स्वागत गरेका थिए ।


 

सोमबार, १४ असोज २०८१, १४ : ०७

प्रतिक्रिया