त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड

सोमबार, १४ असोज २०८१, १६ : १२

काठमाडौँ - यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ ।

देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् । यही कारण विमानस्थलका हरेक उडान १ देखि २ घण्टासम्म ढिला भइहरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरेर ४२६ उडान तथा अवतरण भएका थिए ।

सोमबार पनि सोही हाराहारीमा उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । मौसम खुलेका कारण सोमबार बिहानैदेखि देशभरका विमानस्थलमा नियमित उडान भइरहेको छ । 
 

सोमबार, १४ असोज २०८१, १६ : १२

प्रतिक्रिया