बाढीपीडितलाई आर्थिक सहयोग प्रदान गर्ने भाटभटेनीको घोषणा

सोमबार, १४ असोज २०८१, १६ : २६

काठमाडौँ - भाटभटेनी सुपरस्टोरले हालै आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले यस सहयोग प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताएका छन् । उनले पछिल्लो समय आएको अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित भएको अवस्थाले मुलुकलाई गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै यस दुःखद घडीमा सहयोग गर्नुपर्ने नागरिक जिम्मेवारी भएको बताएका छन्।

गत शुक्रबारबाट सुरु भएको अविरल वर्षाका कारण देशभर १९३ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। बाढीपहिरोका कारण अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ। मुलुकमा परेको यस अप्ठेरो समयमा सहयोग गर्नु सबैको जिम्मेवारी भएको प्रतिक्रिया भाटभटेनी सुपरस्टोरले व्यक्त गरेको छ।
 

सोमबार, १४ असोज २०८१, १६ : २६

प्रतिक्रिया