काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले बाढी पिडितलाई राहत दिने घोषणा गरेको छ ।
जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक÷एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने निर्णय भएको हो । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।
यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि महासघले आग्रह गरेको छ ।
प्रतिक्रिया