काठमाडौँ - NICCI ले काठमाडौंमा कोलकाताका इटालीका महावाणिज्यदूत श्री रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ ।
बैठकमा NICCI का अध्यक्ष श्री संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत श्रीमती प्रतिमा पाण्डे पनि उपस्थित थिए । बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिएको छ । NICCI बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल गरे , जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न मद्दत पु¥याउनेछ ।
दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया