काठमाडौं - राष्ट्रिय विपत्तिको बेला नागरिकलाई बचाउन प्रयाप्त पहल गर्न नसकेको भनेर आलोचना भैरहेको सन्दर्भमा सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज (मंगलबार)देखि ३ दिन राष्ट्रिय शोक घोषणा गरेको हो ।
सो अवधिभर सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । तर सार्वजनिक बिदा हुने छैन ।
प्रतिक्रिया