नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

मंगलबार, १५ असोज २०८१, १२ : ०७

काठमाडौँ - नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्रसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार अमेरिकास्थित अमेरिकी विदेश मन्त्रालयमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिनेछ।

सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गरेका थिए। 
 
 

मंगलबार, १५ असोज २०८१, १२ : ०७

प्रतिक्रिया