पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

मंगलबार, १५ असोज २०८१, १२ : २०

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागिएको हो । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय आइपरेको बाढीपहिरो र डुबानको प्रकोपका बारेमा सरकारले अघि सार्ने कार्ययोजनाबारे जानकारी गराउने छन् । 

यस्तै, प्रधानमन्त्रीले महासभामा भएको सहभागिताले प्राप्त उपलब्धिका बारेमा पनि जानकारी गराउने बुझिएको छ । 
 

मंगलबार, १५ असोज २०८१, १२ : २०

प्रतिक्रिया