ब्रान्ड लजिकले लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

मंगलबार, १५ असोज २०८१, १२ : २७

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। 

क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ। 

कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।


 

मंगलबार, १५ असोज २०८१, १२ : २७

प्रतिक्रिया