त्रिभुवन विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड

मंगलबार, १५ असोज २०८१, १२ : ५९

काठमाडौँ - सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन् । 

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ । अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने जनाइएको छ । 

वर्षाले गर्दा अधिकांश राजमार्ग अवरुद्ध भएकाले यात्रुले हवाई उडान रोजेका छन् । यसले गर्दा आन्तरिक उडानका लागि बिहीबारसम्मका टिकट लगभग बिक्री भएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । 

मंगलबार, १५ असोज २०८१, १२ : ५९

प्रतिक्रिया