काठमाडौं - शुक्रबार र शनिबार आएको भिषण वर्षाले सिर्जना गरेको विपत्तिको दुखद अवस्था अलिे पनि उस्तै छ । नेपालजस्तो पहाडी मुलुकमा प्राकृतिक प्रकोप एक प्रकारको अभिशाप नै बन्ने गरेको छ । प्रायः हरेक वर्ष यस्ता प्राकृतिक प्रकोपको सामना गर्नुपरे पनि सरकारको पूर्वतयारी भने फितलो हुने गरेको छ । यस पटक गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढी र पहिरोले नेपालमा ठूलो धनजनको क्षति गर्यो ।
यो विपत्तिको दीर्घकालीन समाधानको लागि के गर्न सकिन्छ भनेर सरोकारवाला पक्षले सोचेको पाईंदैन । वर्षाले सबैभन्दा बढी सडक यातायात प्रभावित भएको छ । पहिरो जाने समस्या नेपालको लागि नयाँ होइन । वर्षौदेखि पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र कतिले ज्यान गुमाउने अवस्था अहिले मात्र आएको होइन । तर पनि सम्बद्धब पक्षले यसको कारण गहिराइमा पुगेर गरिहेको छैन । हाम्रा सडकहरु किन यति कमजोर भएका छन् ? अब सडक बनाउँदा र बनेका सडकहरुको भौगर्भिक(नभययिनष्अक)ि अध्ययन गर्नुपर्ने भएको छ । वातावरणमैत्री विकासको अवधारणा अपनाएको भए सम्भवत ः यति ठूलो क्षति हुने थिएन ।
विकासको नाममा प्रकृतिको मौलिक नियमलाई अतिक्रमण गर्ने प्रवृतिको विकास भएको छ । वैज्ञानिक अध्ययन र अनुसन्धानबिना नै वन पाखाहरुमा डोजर कुदाउने प्रतिष्प्रधाले ठूलो वातारणीय संकट निम्तिएको छ । यसलाई नसच्च्याउने हो भने भविष्यमा अझैं ठूलो दुर्घटना नआ उला भन्न सकिदैन ।
नेपालीहरूको प्रमुख चाड दशैँको मुखैमा आइपरेको यो विपत्तिले सबैलाई नराम्ररी पिरोलेको छ । विश्वमै बाढी, पहिरो, खडेरी, भूकम्प, उष्णकटिबन्धीय चक्रवात, आँधीबेहरी चट्याङ, ज्वालामुखी गतिविधि, डढेलोजस्ता प्राकृतिक घटनाहरू भई नै रहन्छन् । प्राकृतिक प्रकोपले जहिले पनि जनधनको क्षति गरिरहन्छ । त्यसले आर्थिक गतिविधिलाई समेत क्षति पुर्याउँछ । तर पनि हरेक देशका सरकारले सजग र सतर्क हुने गरेका छैनन् । जसको ताजा उदाहरण नेपालको हालैको घटना बनेको छ । नेपाल सरकारको पछिल्लो तथ्याङ्कअनुसार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ५० भन्दा बढीको मृत्यु भएको छ भने ६७ भन्दा बढी बेपत्ता भएका छन् । विपद्मा परी सयौँ घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको पाइएको छ । बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडक मार्गहरू प्रायः सबै अवरुद्ध रहेका छन् । सडक विभागको प्रारम्भिक सर्भेक्षणअनुसार देशका पाँच दर्जन सडकमार्गमा अवरोध पुगेको छ । हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका प्रमुख सडकमार्गहरू अवरुद्ध भएका छन् । बीपी राजमार्गलगायतका विभिन्न मार्गमा सडकखण्ड नै बाढीले बगाएका कारण दशैँअघि बनाउन समेत चुनौती देखिएको छ । काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग, मेची राजमार्ग, मध्यपहाडी राजमार्गलगायत बाढी र पहिरोले अवरुद्ध भएका छन् । पहिरो पन्छाउँदा केही राजमार्ग तत्काल सञ्चालनमा आउन सक्ने भए पनि ठूलो क्षतिभएका राजमार्गहरू सञ्चालनमा आउन समय लाग्ने भएको छ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएको छ । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुंगे पुलमा धेरै हानि भएको छ । जानकारहरूले यस्तो विपत्ति ७० वर्षपछि आएको बताएका छन् । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ भने धानबाली नष्ट भएको छ । यसपटक सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रह्यो । कोशी ब्यारेज कन्ट्रोलरूमको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड छ लाख ४३ हजार ५४० क्युसेकसम्म पुग्यो । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर पाँच तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार २०० क्युसेकसम्म मात्र मापन गरिएको थियो । जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगेको थियो ।
नेपालमा गएको शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरो र डुबानमा परी हिजो मंगलबार दिउँसोसम्म दुई सयको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । प्राकृतिक विपत्मा परी एक सय २७ जना घाइते भएका छन् । यो मानवीय क्षतिको कुरा भयो । यसबाहेक निकै ठूलो भौतिक क्षति भएको छ । विपत् प्रभावित क्षेत्रका बासिन्दाहरू खानेकुरा, खानेपानी, लगाउने लुगा, ओढ्ने ओछ्याउने, शौचालय, प्राथमिक उपचारजस्ता आधारभूत आवश्यकता पूरा गर्न पनि नसक्ने अवस्थामा छन् । सन्तोषजनक नभए पनि सरकारले बेपत्ताको खोजी उद्धार तथा घाइतेहरुको स्वास्थ्य उपचारलक्षित काम गरिरहेको पनि छ । घाइतेहरुको निःशुल्क उपचार र प्रभावितहरुलाई राहत दिने निर्णय भएको छ । विपत् व्यवस्थापनको पूर्वतयारीमा भने सरकार नराम्रोसँग चुकेको पक्कै हो । यति मात्र होइन, विपत्तिका बेला राहत होइन, आहत थप्ने काम हवाई यातायातमा समेत देखियो । सडकमार्ग ध्वस्त भएका बेला यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई मार्गमा मनपरी भाडा असुल्ने कुकर्म यही विपतका बेला देखियो, जसको जति निन्दा गरे पनि कम हुन्छ ।
सडकको यस्तो दुरावस्था आउनुमा हाम्रा इन्जियिरहरु पनि कतै नकतै दोषी छन् । उनीहरु ठेकेदारहरुले देखाउने लोभमा परेर जस्तोसुकै अवस्थामा पनि गुणस्तरियताको प्रमाणपत्र दिने गरिरहेका छन् । समग्रमा भन्दा पैंसाको कारण हाम्रा पूर्वाधारहरु मापदण्ड अनुसारका बन्न सकिरहेका छैनन् । विचौलिया र भ्रष्टहरुको कुकर्मको फल निर्दोश नागरिकहरुले भोगिरहेका छन् । यसमा सरकार पनि अछुतो छैन । देशमा यति ठूलो विपत्ति आउँदा पनि सरकारले अपेक्षाकृत पहलकदमी लिन सकेन । प्रधानमन्त्री अमेरिका सयरमा व्यस्त रहे भने सरकारी संयन्त्र रमति जस्तै बन्यो । आफ्नै निकाय मौसम विभागको सूचनालाई सरकारले गम्भीर रुपमा ग्रहण गरेन । जसको परिणाम पूर्व तयारीमा ठूलो कमजोरी र लापरबाही देखियो ।
प्रतिक्रिया