बाढी पहिरो पीडितलाई कुन दलले कति सहयोग घोषणा गरे ?

मंगलबार, १५ असोज २०८१, १३ : १६

  
काठमाडौँ - प्रमुख राजनीतिक दलहरुले बाढी परिहेमा परेका नागरिककको लागि सहयोग रकमको घोषणा गरेका छन् । यसरी सहयोग घोषणा गर्नेमा सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग घोषणा रकम घोषणा गरेका छन् । 

 नेकपा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक  जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ । 

यसैगरी नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ । 

कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस्तै उसको भातृ संस्था नेपाल विद्यार्थी संघले पनि ७११ भन्दा बढी केन्द्रीय सदस्यबाट जनही पाँच सयको रुपैयाँले रकम सङ्कलन गर्ने निर्णय गर्दै सर्कुलर जारी गरेको छ । 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)  भने सङ्घ र प्रदेश सांसदहरूको १० दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । 
 

मंगलबार, १५ असोज २०८१, १३ : १६

प्रतिक्रिया