कर्णाली सरकारले बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने

मंगलबार, १५ असोज २०८१, १६ : ५४

काठमाडौँ - काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको छ । उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने बताइएको छ । यस्तै कर्णाली सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय पनि गरेको छ । 
 
 

मंगलबार, १५ असोज २०८१, १६ : ५४

प्रतिक्रिया