काठमाडौँ - सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याउन प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
साथै बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ ।
प्रतिक्रिया