सरकारले बीमाको १२ करोड भुक्तानी नदिंदा बिरामीको उपचारमा समस्या

बुधबार, १६ असोज २०८१, ०८ : ४३

काठमाडौं  - स्वास्थ्य बीमा वापतको रकम सरकारले समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।

 बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत सरकारले प्रतिष्ठानलाई १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका बताएका छन् ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेका कारण औषधि र उपचार सामाग्री नै नपाउने अवस्थाले उपचार रोकिने अवस्था आएको छ ।  ‘हामीले सप्लायर्ससंग सामान किनेर बिरामीको उपचार गर्ने र औषधि दिने हो, केन्द्रबाट आउनुपर्ने भन्दा एक करोड बढी रकम प्रतिष्ठानले खर्च गरिसक्यो, अब उपचार सामग्री खरिद गर्न सक्ने अवस्था छैन’ लम्सालले भने‘ केन्द्रबाट पूरा पैसा नआउने हो भने व्यवस्थापन गर्न कठिन भयो, अब बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेका छौं ।’

बुधबार, १६ असोज २०८१, ०८ : ४३

प्रतिक्रिया